खोप कार्डले मान्यता नपाएपछि नेपाली युवा समस्यामा

क्युआर कोडको व्यवस्था गरिदिन माग गर्दै स्वास्थ्य सेवा विभाग अगाडी नाराबाजी

खोप कार्डले मान्यता नपाएपछि नेपाली युवा समस्यामा

सरकारले विदेश जाने युवाको खोप कार्ड प्रमाणीकरण गर्न अस्पताल तोकेको छ । तर सरकारले प्रमाणिकरण गरेको खोप कार्डलाई कतिपय देशले मान्यता नदिँदा युवा समस्यामा परेका छन् । ति देशले कार्डमा क्युआर कोर्ड पनि हुनुपर्ने नियम बनाएका छन् ।

केशव सञ्जेल ८ दिन अघि घण्टौं लाईनमा बसेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट खोप लगाएको प्रमाणीकरण गर्नूभयो । खोप लगाउन उत्तिकै सास्ती भयो, खोप कार्डको प्रमाणिकरण गर्न त्यो भन्दा गाह्रो भयो ।

खोप कार्ड प्रमाणिकरण भएपछि उहाँलाई अब त विदेश जान पाइने भयो भन्ने लागेको थियो । तर सरकारले प्रमाणिकरण गरेको कार्ड काम नलागेपछि सञ्जेल अहिले समस्यमाा हुनुहुन्छ । यस्तै समस्यामा परेका युवाले क्युआर कोडको व्यवस्था गरिदिन माग गर्दै स्वास्थ्य सेवा विभाग अगाडी नाराबाजी गरे ।

क्युआर कोड नहुँदा युवालाई समस्या भएको छ । कम्पनीले बोलाएको बोलाइ छ । समयमै नपुगे जागिर नपाउने उनीहरुमा चिन्ता छ ।

कुवेत सरकारले क्युआर कोड अनिवार्य गरेकाले सोही अनुसार व्यवस्था गरिदिन युवाले माग गरेका छन् । तर सरकारी निकायले भने यसलाई गम्भिरता पूर्वक नलिएको गुनासो उनीहरुको गुनासो छ ।

कूटनीतिक पहल गरेर भएपनि कुवेत जाने वातावरण मिलाइदिन उनीहरुले माग गरेका छन् ।

क्युआर कोडका करण विदेश जान नपाउने युवाको संख्या ५ सय भन्दा बढी छ । सरकारलाई खोप कार्डमा क्युआर कोड आवश्यक पर्नेबारे सरकारलाई पनि जानकारी छ । तर समाधानका लागि कुनै पहल गरेको छैन ।

यो समाचार अनलाइन खबरमा प्रकाशित भएको छ।

स्रोत: Onlinekhabar.com