‘क्यूआर कोड’ सहितको खोपको प्रमाणपत्र नदिएको भन्दै श्रमिक आन्दोलित

‘क्यूआर कोड’ सहितको खोपको प्रमाणपत्र नदिएको भन्दै श्रमिक आन्दोलित

काठमाडौँ – वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका नागरिकहरुले कोरोना खोप लगाएको ‘क्यूआर कोड’ सहितको प्रमाण पत्र नदिएको भन्दै प्रदर्शन गरेका छन् ।

आइतबार काठमाडौंको भद्रकालीमा उनीहरुले ‘क्यूआर कोड’ सहितको प्रमाण पत्रबिना वैदेशिक रोजगारमा जान नपाएको भन्दै प्रदर्शन गरेका हुन् ।

वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सरकारले खोपको व्यवस्था गरेपनि विभिन्न देशहरुले खोप लगाएको प्रमाणित गर्न ’क्यूआर कोड’सहितको प्रमाण पत्र माग्ने गरेको उनीहरुको भनाइ छ ।

सरकारले भने खोप लगाएको ’क्यूआर कोड’ भएको प्रमाण पत्र दिन चासो नदेखाएपछि आफुहरु समस्यामा परेको उनीहरुको भनाइ छ ।

खोप लगाएर कुवेत फर्कन ‘क्यूआर कोड’ भएको प्रमाण पत्र दिने भनिएतापनि अहिलेसम्म त्यसको कुनै सुरुवात नै नभएको उनीहरुको गुनासो छ ।