रोट्र्याकट क्लब अफ बिरगंज मेट्रोपोलिस र रोट्र्याकट क्लब अफ बिरगंजले गरे मास्क बितरण

रोट्र्याकट क्लब अफ बिरगंज मेट्रोपोलिस र रोट्र्याकट क्लब अफ बिरगंजले गर...

बिरगंज - रोट्र्याकट क्लब अफ बिरगंज मेट्रोपोलिस र रोट्र्याकट क्लब अफ बिरगंजले आज बिरगंजको पावर हाउस देखि माईस्थान चौकसम्म मास्क बितरण गरेको छ ।

कोविड-१९को बढ्दै गरेको महामारीलाई मध्यनजर गर्दै क्लबले छ हजार पिस मास्क बितरण गरेको हो ।सो कार्यक्रम रोटयाकट जोन ३ अन्तर्गत आयोजना गरिएको थियो ।

कार्यक्रममा अंचल रोट्र्याकटका प्रतिनिधि आयुष गुप्ता, रोट्र्याकट क्लुब अफ बिरगंजका अध्यक्ष रवि प्रकाश पंडित,रोट्र्याकट क्लुब अफ बिरगंज मेट्रोपोलिशका सचीव दिपु बर्नवाल, श्रीपुर वडा प्रहरी कार्यालय , बिर्ता वडा प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरीका समेत प्रतिनिधिहरुको सहभागिता रहेका थियो ।

साथै दुबै क्लुबका सदस्यहरु रोमित सिंह , सन्नी सराफ , रोहित गुप्ता , रबिन श्रेष्ठ , राम बिनय यादव , आकाश कलवार , कन्हैया गुप्ता , सोनी गुप्ता झा , गोपाल कन्दोयी , प्रशान्त सराफ , योगेश जयसवाल , सन्दिप रौनियार , शेख अमजद लगायतको उपस्थित रहेको थियो ।