ललितपुर महानगरले अशक्त नागरिकलाई घरमै खोप लगाउने व्यवस्था गर्ने

ललितपुर महानगरले अशक्त नागरिकलाई घरमै खोप लगाउने व्यवस्था गर्ने

काठमाडौं। ललितपुर महानगरपालिकाले खोप केन्द्रसम्म जान नसक्ने अशक्त, अपांग नागरिकलाई घरमै कोभिड-१९ विरुद्धको खोप लगाउने व्यवस्था गर्ने भएको छ ।

खोप केन्द्रसम्म जान नसक्ने जनगुनासो आएको भन्दै महानगरपालिकाले सूचना जारी गरी यस्तो जानकारी दिएको हो । खोपका लागि अशक्त, अपांग व्यक्तिहरुका व्यक्तिगत विवरण महानगरपालिकाको स्वास्थ्य शाखामा बुझाउन आग्रह गरेको छ ।

सूचनामा लेखिएको छ, विवरण संकलन भएपश्चात उपयुक्त समयमा महानगरपालिकाबाटै व्यवस्थापन गरी खोप लगाइने व्यहोरा जानकारी गराइन्छ ।