आन्दोलन गरिरहेको विद्यार्थी नदेख्ने प्रशासन द्वारा अभिभावकको फोनमा शुल्क तिर्न अनुरोध भन्दै मेसेज

एडभान्सड कलेज अफ इन्जिनियरिङ्ग, ललितपुरले विद्यार्थीहरुले गरिरहेको आन्दोलनलाई वेवास्था गरेर, विद्यार्थीको मागको कुनै सम्बोधन नै नगरी उल्टो अभिभावकहरुको फोनमा परीक्षा फाराम भर्ने समय सहित लाग्ने शुल्क सबै तिर्न अनुरोध गर्दै मेसेज पठाएको छ।

आन्दोलन गरिरहेको विद्यार्थी नदेख्ने प्रशासन द्वारा अभिभावकको फोनमा शुल...

अहिले इञ्जिनियरिङ अध्ययन संस्थान (आई.ओ.ई) अन्तर्गतका लगभग सबैजसो कलेजमा शुल्क छुटको माग गर्दै विद्यार्थीहरू आन्दोलनरत छन्। कलेजहरुले अनलाईन पढाएर अरु बेला जस्तै अथवा एकदमै नगन्य छुट दिँदै लाग्दै नलागेको कुराको समेत पैसा लिएर विद्यार्थीलाई ठग्न खोजेको र आफूहरुले कुनै हालतमा त्यस्तो हुन नदिन भन्दै विद्यार्थीको आन्दोलन भइरहेको छ।

तर यस्तैमा एडभान्सड कलेज अफ इन्जिनियरिङ्ग, ललितपुरले विद्यार्थीहरुले गरिरहेको आन्दोलनलाई वेवास्था गरेर, विद्यार्थीको मागको कुनै सम्बोधन नै नगरी उल्टो अभिभावकहरुको फोनमा परीक्षा फाराम भर्ने समय सहित लाग्ने शुल्क सबै तिर्न अनुरोध गर्दै मेसेज पठाएको छ।

विद्यार्थीहरुले कलेजको यो कदम अभिभावकलाई मेसेज पठाएर विद्यार्थी आन्दोलनलाई बिथोल्न प्रयास भएको आरोप लगाएका छन् र यस्ता कुराले आन्दोलनलाई रोक्न नसक्ने बताएका छन्।