पनौतिमा माक्स अभियान कार्यक्रम सम्पन्न

पनौतिमा माक्स अभियान कार्यक्रम सम्पन्न

विभिन्न स्थानिय संघसँस्था , प्रहरी , स्थानिय जनप्रतिनिधि , अग्रपङ्क्तिमा खटिने स्वयं सेवक एबम् युवाहरुको सक्रियतामा पनौतिमा माक्स अभियान कार्यक्रम सम्पन्न भएको छ ।

"घर वाहिर निस्कदा अनिवार्य मास्क लगाऔं, आफु पनि बचौ ,अरुलाई पनि बचाऔ किनकि जिवन अमुल्य छ।", “मास्क मेरो लागि , परिवारका लागि र समाजका लागि” र “मास्क लगाऔं , कोरोनाबाट आफु पनि बाचौँ र अरुलाइ पनि बचाऔ “ भन्ने सन्देश प्रवाह गर्दै मास्क बितरण गरिएको छ ।

कोभिड-१९ बाट नेपालमा पारेको पछिल्लो समयको विभिन्न भेरियन्टका कारण मानिसहरुको जिवनस्तरमा निकै नै प्रभाव पार्दा दैनिक जिवनयापनमा परेको अप्ठ्यारो हामिले प्रत्येक दिन देखिदै आएको छ। मानिस रोगले भन्दा पनि भोकले मर्नु हुँदैन भन्ने मनशायले मानिसहरू यस विषम परिस्थितिमा पनि भिडभाड गरि कामहरु सञ्चालन गर्न वाध्यात्मक परिस्थिति रहेको छ । यदि माक्स लगाएर हिँडडुल गर्ने, काम गर्ने हो भने केहि मात्रामा कोरोना बाट बच्न सकिन्छ भन्ने हेतुले कार्यक्रम सञ्चालन गरेको रोट्रयाक्ट ३२९२ का इन्टरनेशनल सर्भिस डाइरेक्टर एबम् कार्यक्रम संयोजक मनिषा श्रेष्ठले बताउनु भयो ।

ईन्द्रेश्वर महादेव मन्दिर परिसरबाट शुरु भएको मास्क अभियान पनौति बजार परिक्रमा गरेर पनौति बस्पार्क हुँदै ,पशुपति मन्दिरमा गएर कार्यक्रम सम्पन्न भएको छ ।साउन एवम् भाद्र महिनामा मन्दिर परिसर भिडभाड हुने हुनाले कार्यक्रम विहान राखिएको श्रेष्ठले जानकारि दिनुभयो ।

पनौति जुनियर जेसिस , रोटरी क्लब अफ‌ काभ्रे भ्यालि , लायन्स क्लब अफ पनौति , रोट्र्याकट क्लब अफ सिखलापुर , पनौति प्रहरि चौकि , भागवत धर्म संरक्षण समिति , बिजि क्याफे पनौति , लियो क्लव अफ काठमाडौं टेम्पल पिस – काभ्रे , पनौति पर्यटन विकास केन्द्र , पनौति संस्कृतिहरुको अभिसरण , मानवतावादी आन्दोलन , बनेपा हेल्थ केयर प्रा.लि , पनौति जेसिस , नेपाल युवा परिषद काभ्रे शाखा , कोभिड-१९ योद्धाहरुको संयुक्त आयोजना भएको कार्यक्रम इन्द्रेश्वर महादेव मन्दिरबाट शुरु भइ बजार केन्द्रीत भएर कार्यक्रम सम्पन्न भयो ।