कलेज प्रशासन र चिकित्सा शिक्षा आयोग विचको लफडाले आयुर्वेद मेडिकल कलेजमा १ महिनादेखि पठनपाठन बन्द

कलेज प्रशासन र चिकित्सा शिक्षा आयोग विचको लफडाले आयुर्वेद मेडिकल कलेजम...

१ भाद्र, धुलिखेल । पतञ्जलि आयुर्वेद मेडिकल कलेज, धुलिखेल एक महिना देखि बन्द रहेको छ। कलेजको आफ्नो अस्पताल हाल सन्चालनमा नरहेको हुदा चिकित्सा शिक्षा आयोगले नयाँ शैक्षिक सत्रको लागि सिट नदिएपछि कलेजले बिना कुनै पुर्व सुचना विद्यार्थीको पठन-पाठन बन्द गरेको हो।

श्रावन १ गते देखि बन्द कलेजको कलेज प्रशासन कलेज बन्द गरेर एक महिना देखि हराएपछि विद्यार्थीले कयौ दिन देखि विभिन्न सरकारी निकाय, नेपाल संस्कृत विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग समक्ष पत्र बुझाइ अनुरोध गर्दा पनि सबै निकाय मौन रहेको भन्दै विद्यार्थीले नेपाल रिपोर्ट्सलाई बताए।

 कलेजमा पठनपाठन सुचारु गर्न कयौ दिन देखि आग्रह गर्दा पनि कलेज प्रसासन, पतञ्जलि नेपालका ट्रस्टि सालिग्राम सिंह सम्पर्क बिहिन रहेका कारणले आज पठनपाठन बन्द भएको ३३औ दिनमा विद्यार्थीहरू पतन्जलि योगपिठ को प्रमुख कार्यल मन्डिखाटार पुगेर मन्डिकाटारमा प्लेकार्ड बोकेर शान्तिपुर्ण प्रदर्शन गरे।


 
प्रदर्शनमा प्रहरी आएर धरपकड गरेर केही विद्यार्थी गिरफ्तार गरेर प्रहरी कायालय, चक्रपथ को हिरासतमा लगेको थियो। करिब एक घन्टा हिरासतमा राखेपछि विद्यार्थीलाइ रिहा गरिएको थियो। विद्यार्थी अगुवा रुपेश ठाकुरले कलेजले नयाँ भर्ना पाउनु नपाउनु कलेज प्रशासन र चिकित्सा शिक्षा आयोग विचको कुरा भएकोले सोहि कारण देखाइ बन्द गर्नु विद्यार्थी माथि ठुलो अन्याय भैरहेको र यसमा सरकारी प्रशासनको मौनताले हतोत्साहित भएको बताउँदै पठनपाठन चाडो भन्दा चाडो सुचारु गर्न माग गरे।