चाँदीका गहनासहित वीरगञ्जबाट बाराका नागेन्द्र सोनार पक्राउ

चाँदीका गहनासहित वीरगञ्जबाट बाराका नागेन्द्र सोनार पक्राउ

वीरगञ्ज  - वीरगञ्जबाट  ६ किलो भन्दा बढीको चाँदीका गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।छिमेकी देश भारतबाट अबैध रुमा ल्याइरहेको चाँदीका गहनासहित बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ का नागेन्द्र साह सोनारलाई प्रहरीले पक्राउ गरेको हो ।

रक्सौलबाट पैदल आइरहेका सोनारलाई शंकराचार्य गेटमा खटिएका प्रहरीले शंका लागेर चेक गर्दा उनको साथबाट ६ किलो १६८ ग्राम चाँदी जस्तो देखिने धातुबाट बनेको तयारी गरगहना बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम्  प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।खनालका अनुसार  तयारी गहनासहित पक्राउ परेका व्यक्तिलाई थप कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइने छ ।