राष्ट्रिय बनस्पति उद्यान पुग्ने पर्यटक परिसर बाहिर बाट नै फर्किन बाध्य

राष्ट्रिय बनस्पति उद्यान पुग्ने पर्यटक परिसर बाहिर बाट नै फर्किन बाध्य

८ भाद्र, ललितपुर। गोदावरी नगरपालिकामा रहेको राष्ट्रिय बनस्पति उद्यान एउटा पर्यटकीय गन्तव्यको रुपमा रहेको छ ।दैनिक सयौंको सङ्ख्यामा यहाँ मानिसहरु घुम्न आउने गर्दछन । बनभोज, शैक्षिक भ्रमण जस्ता क्रियाकलापका लागि पनि यो स्थान राम्रो गन्तव्यको रुपमा परिचित छ।

कोभिडको कारण बिगत दुई वर्ष देखि भने यो उद्यान सन्चालनमा आउन सकेको छैन। अहिले पनि सयौंको सङ्ख्यामा मानिसहरु भ्रमणका निमित्त त्यहाँ पुग्ने भएता पनि उद्यान परिसर बाहिर बाट नै फर्किन बाध्य भएका छन। सरकारले सुचना न निकाले सम्मका लागि अझै उद्यान बन्द नै रहने परिसरका एक कर्मचारीले बताउनु भयो।

 

कोरोनाका कारण देशै भरका आन्तरिक र वाह्य पर्यटकीय स्थलहरुमा बिगतको जस्तो मान्छेहरुको चहलपहल देख्न सकिँदैन विगतको जस्तै सञ्चालनमा आउन नसक्दा पर्यटकीय व्यवसायीहरु ठुलो मारमा रहेका छन।।