"रात्रीकालीन व्यवसायीले बुझाए सिडिओलाई चाबी"

"रात्रीकालीन व्यवसायीले बुझाए सिडिओलाई चाबी"

काेभिडका कारण हरेक क्षेत्रमा नकारात्मक असर परेकाे कुरा यथावत नै छ। घाटा बेहाेरि रहेकाे याे समयमा सामान्य जनजीवन सहज बनाउन सरकारले विभिन्न क्षेत्र सञ्चालन गर्न अनुमति दिएता पनि शिक्षा तथा विभिन्न व्यवसाय संचालन गर्ने अनुमति भने दिएकाे छैन। 

२०७८/५/१३ गतेकाे दिन दाेहाेरी साँझ तथा रात्रिकालिन व्यवसाय संचालन तथा व्यवस्थापन समितिले रात्रिकालिन व्यवसाय संचालनकाे निम्ति दबाब स्वरूप जिल्ला प्रशासन कार्यालयका समक्ष व्यवसायी संघले ज्ञापन पत्र सहित चाबी बुझाएकाे छ। 

लाेकदाेहाेरी, गजल, डान्स्, लन्जबार, क्लब दिस्काे जस्ता रात्रिकालिन व्यवसायमा आबद्ध कर्मचारी, कलाकार तथा श्रमजीवि मजदुरकाे दैनिकी जीवन चलाउन कठिन भएकाे र उनीहरूकाे राेजगारी सुनिश्चितताकाे लागि विभिन्न चरणमा नेपाल सरकार, गृहमन्त्रालय, पर्यटन बाेर्ड, सि.सि.एम.सि लगाएत जिल्ला प्रशासनमा पटक पटक ध्यानाकर्षण गराएता पनि सरकारले आज सम्म पनि कुनै चासाे दिएकाे छैन।

दुई वर्ष सम्म पनि रात्रिकालिन व्यवसाय संचालन गर्न नपाउँदा घरभाडा, व्यवसाय कर, बैँककाे ऋण, तथा व्यवसायिक घाटाले कठिनाई भाेग्नु परेकाे र आगामी दिनहरूमा पनि याे समस्या भाेग्नु परे जुनसुकै कदम चाल्न बाध्य हुन सक्ने बताउँछन् दाेहाेरी साँझ तथा रात्रिकालिन व्यवसाय संचालन समितिका संयाेजक विनाेद श्रेष्ठ।

अघिल्ला दिनहरूमा कर्मचारीहरूकाे लागि नुन तेल जाेहाे गरेता पनि अहिले भने आफ्नो सम्पत्ति समेत धरापमा परेकाे बताउँछन् उनी। 

व्यवसायकाे घरभाँडा, ऋण र व्यवसायीक घाटा र कलाकार तथा कर्मचारीहरूकाे व्यवस्थापनकाे निम्ति सम्बन्धित निकायले उचित निर्णय लिने कुरामा विश्वस्त छन् संयाेजक विनाेद श्रेष्ठ।

 - साभार