सडक बन्यो खोला, कृष्ण मन्दिर क्षेत्र जाने आउनेलाई समस्या

सडक बन्यो खोला, कृष्ण मन्दिर क्षेत्र जाने आउनेलाई समस्या

१४ भाद्र, ललितपुर। आज परेको झरिले ललितपुरको महापाल क्षेत्रमा सडकमा पानीको ठुलै खोला बगेर पाटनको कृष्ण मन्दिर क्षेत्रमा आउने जानेलाई निकै कष्ट भयो। 

ढल निकास तथा सरसफाइ व्यवस्थापनमा कमीले कृष्ण जन्माष्टमिका दिन पाटन ढोका स्थित कृष्ण मन्दिर दर्शन गर्न आउने दर्शनार्थीहरुको ठूलो भीडले गार्हो महसुस गर्नुपर्यो। 

पानीको रेडाका कारण सवारी साधन आवतजावतमा निकै लामो समय सम्म समस्या श्रृजना भएको थियो।

नेपाल रिपोर्ट्स संवाददाता हरि पोखरेल