नेपाल-भारत पहिलो मैत्रीपूर्ण फुटबल खेल बराबरीमा

नेपाल-भारत पहिलो मैत्रीपूर्ण फुटबल खेल बराबरीमा

१७ भाद्र, काठमाडौं। नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा नेपाल र भारत दुबैले समान एक एक गोल गर्दै बराबरी खेलेका हुन्। पहिलो हाफमा अन्जन विष्टले नेपालका लागि गोल गर्दै अग्रता दिलाएका थिए।  खेलको दोस्रो हाफमा भारतका अनिरुद्ध थापाले गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलेको हो। नेपालले भारतसँग दोस्रो मैत्रीपूर्ण खेल यही भदौ २० गते खेल्नेछ।

तस्बिर: प्रदीप तामाङ

​​​​​​