भरतपुर २० मा एकतर्फी चुनावी अभियानमा वडा सभापति

नेपाली कांग्रेस १४औं महाधिवेशनको महासंग्राममा भोलि  शुक्रबारबाट होमिंदैछ । कांग्रेसको विधान अनुसार तल्लो तहको अधिवेशन अन्तर्गत भोलिबाट देशभरका ६ हजार ७ सय ४३ वडामा नेतृत्व छान्न अधिवेशन शुरु हुँदैछ ।

भरतपुर २० मा एकतर्फी चुनावी अभियानमा वडा सभापति

नेपाली कांग्रेस १४औं महाधिवेशनको महासंग्राममा भोलि  शुक्रबारबाट होमिंदैछ । कांग्रेसको विधान अनुसार तल्लो तहको अधिवेशन अन्तर्गत भोलिबाट देशभरका ६ हजार ७ सय ४३ वडामा नेतृत्व छान्न अधिवेशन शुरु हुँदैछ ।
तर सबै जिल्लाका क्रियाशील सदस्यता एकै पटक सार्वजनिक नहुँदा वडा अधिवेशनका लागि तोकिएको मिति भने जिल्ला अनुसार नै फरक फरक हुने भएको छ । अर्थात भोलीबाट २३ गतेसम्म ७७ वटै जिल्लामा कांग्रेसले वडा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चुन्ने छ ।

कांग्रेसले हालसम्म ५६ जिल्लाको क्रियाशील सदस्यताको नामावली पार्टीको वेबसाइटमा सार्वजनिक गरेको छ । सोही अनुसार निर्वाचन अधिकृत तोकिएका जिल्लामा अधिवेशन शुक्रबारबाट शुरु हुने भएको हो । यसअघि केन्द्रीय समिति बैठकले तोकेको कार्यतालिका अनुसार भने १८ भदौमा नै वडा अधिवेशन हुने उल्लेख छ ।
तर केही जिल्लाका सदस्यता सार्वजनिक गर्न बाँकी र केन्द्रीय निर्वाचन अधिकृत तोक्न बाँकी रहेकाले अधिवेशनको मिति पनि तलमाथि हुने भएको हो । अधिवेशन तोकिन बाँकी जिल्लामा हुने वडाको निर्वाचनको मिति भने प्रमुख निर्वाचन अधिकृत र जिल्ला नेतृत्वले सहमतिमा तोक्ने गरी कांग्रेस केन्द्रले अधिकार प्रत्यायोजन गरेको छ ।।May be an image of 4 people, people sitting, people standing, tree and outdoors

चितवन जिल्ला भरतपुर -२० मा पनि  नेपाली कांग्रेसको वडा सभापतिको रुपमा ४ जना प्रत्यासी देखिएका छन् जस मध्ये भोजराज लामिछाने ,गुणराज पौडेल ,आनन्द सुबेदी ,बैकुण्ठ श्रेष्ठ रहेका छन्। कोरोना महामारीको सन्त्रास अझ बढदो रुपमा फैलिराखेको अवस्थामा सहमतिमा नेतृत्व  तोक्ने गरि नेपाली कांग्रेस केन्द्रले अधिकार प्रत्यायोजन गरिसकेको छ तर पार्टी को निर्देशन बिपरित एबम नेपाली कांग्रेसको  चितवन   जिल्ला सभापति,पुर्व सभापतिहरुको बैठकमा समेत यस पटक  पार्टीको नेतृत्व सर्वसम्मत बनाउन पहल गर्ने भन्नि छलफल साथै निर्णय भएको थियो। एकातिर उक्त विषयलाई लत्याएर  भरतपुर -२० नेपाली कांग्रेसका वडा सभापति सत्यमोहन अधिकारि,कार्यसमितिका कोषाध्यक्ष चिन्तामणि पौडेल ,क्षेत्रीय प्रतिनिधि एक नारायण पौडेल लगायतका पदाधिकारीहरु आफै घर दैलो अभियानमा जुटेका छन् भने अर्को तिर चर्को दवावका विच  शुक्रबार बिहान ७ बजे  वडा सभापति सत्यमोहन अधिकारि लगायतका पदाधिकारीहरु पार्टीको सर्वसम्मत नेतृत्व चुन्न भनि छलफलमा जुटेका छन् | यसरि हाल कार्यसमितिमा रहेका पार्टी  सचिव समेत सभापतिको  प्रत्यासी रहेको अवस्थामा पहल समितिले के को आधारमा छलफल गरि निर्णय गर्ने हुन् भन्नि अझै एकिन  हुन नसकेको स्रोत बताउछ। कम्तिमा पनि दक्षता, कार्यक्षमता, योग्यता, जेष्ठता,योगदान ,अनुभव ,क्रियाशीलता जस्ता सर्वमान्य सूचकहरुलाई  नराखीकन  आफु अनुकुलताको नेतृत्व पुन स्थापित गराउन हालको वडा २० सभापति तल्लिन रहेकाले नेपाली कांग्रेसका कार्यकता,शुभेच्छुकहरुमा नैराश्यता पैदा भएको समाचार हामीलाई प्राप्त भएको छ। 

May be an image of 7 people, people standing, tree and outdoors

यसै विच वडा न १८ मा भने पहल समितिका संयोजक दिपक लामाको नेतृत्वमा सर्वसम्मतरुपमा रामकृष्ण पण्डितलाई वडा सभापति बनाउने निर्णय गरि कोरोना महामारीको बिचमा उदाहरणीय कार्य प्रस्तुत गरिसकेको छ।