सर्किट ब्रेकपछि खुल्यो बजार

सर्किट ब्रेकपछि खुल्यो बजार

काठमाडौँ — आइतबार नकारात्मक सर्किट लागेपछि ४० मिनेटको लागि बन्द भएको बजार, १ः३९ः५५ मा खुलेको छ। यस दिन बजार खुलेको दुई घण्टा नबित्दै नेप्से परिसूचक ५.०३ प्रतिशत घटेपछि सर्किट ब्रेक लागि ४० मिनेटको लागि बजार बन्द भएको थियो।

यस दिन नेप्से परिसूचक १४७.३१ अंक घटेर २७७९.६८ विन्दुमा झरेको थियो। सोही विन्दुबाट अहिले कारोबार खुलेको हो।

४० मिनेटको लागि बजार बन्द हुनु अघिसम्ममा २१५ कम्पनीको ७९ हजार ९३५ पटकको कारोबारमा ७ अर्ब १९ करोड ९० लाख ३५ रुपैयाँ बराबरको १ करोड ४८ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको थियो।