भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाएकोमा गृह मन्त्रालयलको आपत्ति

भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाएकोमा गृह मन्त्रालयलको आपत्ति

काठमाडाैं - गृह मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको भन्दै गम्भीर आपत्ति जनाएको छ । भारतले नेपालको भूमिमा हस्तक्षेप गरेको भन्दै विभिन्न विद्यार्थी संगठनदेखि नागरिकसस्तरमा समेत विरोध भइरहेकाे छ ।

भारतीय सीमा सुरक्षा बलका सैनिकले दार्चुलामा तुइन फुस्काउँदा ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएका छन् । सरकारले गठन गरेको छानविन समितिले घटना हुँदा भारतीय सुरक्षाकर्मीको उपस्थित देखिएको भन्दै अनुसन्धान र कारबाही गर्न सुझाव दिएको थियो । 

यिनै विविध घटनाक्रमकाे विराेधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन भइरहेको छ । यसै घटनालाई लिएर गृह मन्त्रालयले भने आपत्ति जनाएको हाे ।

आइतबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, 'सरकार सबै मित्र राष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ र नेपाली भूमिमा कुनै पनि राष्ट्र विरुद्धका गतिविधि हुन नदिने विषयमा कटिबद्ध छ। मित्रराष्ट्रहरुसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न सबैलाई आग्रह गरिन्छ ।'