ठगी अभियोगमा एक पक्राउ

ठगी अभियोगमा एक पक्राउ

भदौ -२८,कास्की विभिन्न कम्पनीमा जागिर लगाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा स्याङ्जा घर भई पोखरा महानगरपालिका-२७ तालचोक बस्ने २१ वर्षीय कृष्ण पौडेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पिजि रियल स्टेट एण्ड जब लिंक नामक संस्था सञ्चालन गरी प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँको दरले पैसा उठाएर विभिन्न कम्पनीमा जागिर लगाई दिन्छु भन्दै काममा नलगाएको , भन्ने सूचानको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत कास्कीबाट ठगी मुद्दामा ७ दिन म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।