पर्सामा प्रहरी र काठ तस्कर विच झडप, प्रहरीद्वारा ३ राउण्ड हवाई फायर

पर्सामा प्रहरी र काठ तस्कर विच झडप, प्रहरीद्वारा ३ राउण्ड हवाई फायर

वीरगञ्ज - पर्सामा काठ तस्कर र प्रहरीविच दोहोरो भिडन्त भएको छ । जंगलबाट अवैध तरिकाले काठ लग्न खोजिरहेका तस्करहरुलाई प्रहरीले रोक्न खोज्दा झडपका भएको हो ।

तस्करहरुलाई रोक्न प्रहरीले ३ राउण्ड हवाई फायरसमेत गरेको बुझिएको छ । पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार प्रहरी टोलीले तस्करहरुलाई सोमबार बिहान ४ बजे रोक्न खोज्दा भएको भिडन्तमा ३ राउण्ड हवाई फायर गरिएको हो । 

पटेर्वासुगौली गाँउपालिकाको फरहादवा नजिक पर्ने जंगलबाट सालको गोलिया काठ मोटरसाइकलमा राखेर ल्याउँदै गरेका चार वटा मोटरसाइकलमा सवार ८ जना तस्करलाई प्रहरीले रोक्ने क्रममा भिडन्त भएको हो । 

५ जनाको प्रहरी टोलीले रोक्न खोज्दा ८ जनाको संख्यामा रहेका काठ तस्करहरुले प्रहरीमाथि नै जाइलागेपछि आत्मरक्षाका लागि प्रहरीले तीन राउण्ड हवाई फायर गर्नु परेको प्रहरी नायव उपरीक्षक खनालले बताए । 

प्रहरीले हवाई फायर गरेपछि तस्करहरु दुई वटा मोटरसाइकल र काठ छाडेर भागेको खनालले बताए। 

घटनास्थलबाट  काठ तस्करीमा प्रयोग भएका दुई वटा मोटरसाइकल र दुई वटा ठूला गोलिया काठ बरामद गरिएको खनालले जानकारी दिए।