प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री यादवद्वारा घरको शिलान्यास, डोम समुदायको लागि ७० घर बन्दै

प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री यादवद्वारा घरको शिलान्यास, ड...

वीरगञ्ज -  धनुषाको नगराईन नगरपालिका वडा नम्बर २ मा जनता आवास कार्यक्रमअन्र्तगत घरको शिलान्यास गरिएको छ ।

प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले एक कार्यक्रमका बिच घरको शिलान्यास गरेका हुन् । शहरी विकास तथा भवन कार्यालय धनुषाद्वारा आयोजित शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले दलित समुदायको लागि निर्माण गरिने घरले ७० जनाको जीवनयापन सहज हुने विश्वास व्यक्त गरे ।

जनता आवास कार्यक्रम अन्र्तगत प्रत्येक प्रदेश निर्वाचन क्षेत्रमा दलितहरुका लागि आवास निर्माण गर्ने योजनाअनुसार धनुषाको प्रदेश निर्वाचन क्षेत्र नम्बर ३ (क) को नगराई र मुखियापट्टीमा डोम समुदायका लागि मन्त्री यादवले ७० वटा घर बनाउने योजनाको शिलान्यास गरेका हुन् । 

शिलान्यास कार्यक्रममा नगराईन नगरपालिकाका जनप्रतिनीधि, स्थानीय बुद्धिजिवि, नागरिक समाजका अगुवा, विभिन्न राजनीतिक दलका नेता एवम् कार्यकर्ताका साथै स्थानीयवासिन्दाको उपस्थिती रहेको थियो ।