गुडिरहेको बसमा ढुङ्गा खस्दा एकको मृत्यु

गुडिरहेको बसमा ढुङ्गा खस्दा एकको मृत्यु

भदौ -२९ कैलाली ,महेन्द्रनगरबाट छुटेको यात्रुवाहक बसमा ढुङ्गा खस्दा एक जनाको मृत्यु भएको छ र अन्य ३ जना घाइते भएका छन्।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सु.प.प्र ०२ ००१ ख ११५६ नम्बरको बसमा बैतडी पाटन नगरपालिका ८ रौलेकमा माथिबाट ढुङगा खस्दा बझाङको थलराका १८ वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको हो। 

यस्तै कैलाली धनगढी उपमहानगरपालिका का माधव भट्ट, जयपृथ्वी नगरपालिकाका हरिप्रसाद भट्ट र नबराज खड्का समेत घाइते भएका छन् ।