असोज ६ गतेदेखि आईपीओ निष्काशन गर्दै साहस उर्जा

असोज ६ गतेदेखि आईपीओ निष्काशन गर्दै साहस उर्जा

काठमाण्डौ - साहस उर्जा लिमिटेडले आउँदो असोज ६ गतेबाट सर्वसाधारणको लागि प्राथमिक  शेयर IPO जारी गर्ने भएको छ।

एक सय रुपैयाँ प्रतिसेयर मूल्य रहेको कम्पनीको आइपीओ ७० करोड मूल्य बराबरको ७० लाख कित्ता आइपीओ निष्कासन गर्ने भएको छ ,जसमध्ये ७ लाख लगानीकर्ता लाई आइपीओ पर्ने छ भने अरुको हात खाली हुनेछ। 

कुल कित्तामध्य कम्पनीले सर्वसाधारणको लागि ६४ लाख ४० हजार कित्ता , सामूहिक लगानी कोषको लागि ३ लाख ५० हजार कित्ता र आफ्ना कर्मचारीको लागि २ लाख १० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो। यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। 

कम्पनीका अनुसार सर्वसाधारण ले असोज ६  गतेबाट IPO मा आवेदन दिन सक्नेछन्   भने कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
आवेदक हरुको संख्या लाई मध्यनजर गर्दा सर्वसाधारणले जम्मा १० कित्ता आइपीओ 
आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ।