छोरङनको जितमा : बिबसको उत्कृष्ट प्रदर्शन

छोरङनको जितमा : बिबसको उत्कृष्ट प्रदर्शन भएको छ।

छोरङनको जितमा : बिबसको उत्कृष्ट प्रदर्शन

भाद्र ३०। हाल भइरहेको सि क्वालिफायर्स लिगको आज सातदोबाटोमा अवस्थित एनफा कम्प्लेक्समा भएको खेलमा छोरङनले श्री कुमारी क्लबलाई २-० को फराकिलो अन्तरले हराउन सफल भएको छ। उक्त जितमा पृन्स व्यन्जनकार र बिबस खड्काको गोल निर्णायक बनेको हो। छोरङनका युवा र सम्भावना बोकेका बिबस खाडाले उत्कृष्ट खेलाडीको पुरस्कार प्राप्त गर्नुभएको थियो।

जीतपछि कप्तान पृन्स व्यन्जनकारले बताउनुभयो "पहिलो र दोस्रो खेलको फराकिलो जितले टिममा जोस कायमै रहेको छ। यस्तै खेल आगामी दिनमा भएमा विजेता हुनेबाट वञ्चित रहनेछैनौ।"

छोरङनका प्रशिक्षक रविन व्यन्जनकारज्युले भन्नुभयो "यो जितसँगै हामी नकआउट चरणमा प्रवेश गरेका छौँ। अबको हरेक खेल आफैमा महत्त्वपूर्ण र चुनौतीपूर्ण रहनेछ।" यद्यपि आफ्नो डिफेन्समा पुर्ण विश्वस्त रहेको उहाँले बताउनुभयो।