२ जेठको मात्रै एमाले भनेर बुझियो भने गलत हुनेछ ईश्वर पोखरेलको दाबी

काठमाडौँ जिल्ला कमिटीले बिहीबार आयोजना गरेको विस्तारित प्रशिक्षण कार्यकर्ता भेलामा

२ जेठको मात्रै एमाले भनेर बुझियो भने गलत हुनेछ ईश्वर पोखरेलको दाबी

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेकपा एमाले २ जेठ २०७५ को नभई एकतापछिको एमाले भएको दाबी गरेका छन्।

काठमाडौँ जिल्ला कमिटीले बिहीबार आयोजना गरेको विस्तारित प्रशिक्षण कार्यकर्ता भेलामा उनले अहिलेको एमाले २ जेठको भनेर बुझ्नु गलत भएको बताए।त्यसअघि भेलालाई सम्बोधन गर्ने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सहमति अनुसार एमालेलाई कुनैपनि जालझेल नगरी २ जेठमा फर्काउनुपर्ने बताएकी थिइन्।

तर पोखरेलले भने,‘ यो एमाले एकीकरण प्रक्रियासहितको एमाले हो। २ जेठको मात्रै एमाले भनेर बुझियो भने गलत हुनेछ। त्यसरी बुझ्ने प्रयास नगरियोस्।   ’

यसका साथै पोखरेलले एक जुट भएर अब १० औँ महाधिवेशन आयोजना गर्ने बताए। उनले एमाले विधानलाई पछ्याउन आवश्यक भएकाले महाधिवेशन समयमै गर्न आवश्यक भएको बताए।