अर्काको परीक्षा दिदै गर्दा नक्कली परीक्षार्थी पक्राउ

अर्काको परीक्षा दिदै गर्दा नक्कली परीक्षार्थी पक्राउ

३१ भदौ, पर्सा पर्सागढि नगरपालिका-८ बस्ने २० वर्षीय राजचन्द्र दासलाई अर्काको नाममा परीक्षा दिईरहेको अवस्थामा बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

सोही नगरपालिका-४ स्थित श्री नेपाल राष्ट्रिय मा.वि मा संचालन भईरहेको कक्षा १२ को परीक्षामा सोही ठाउँ बस्ने संदिप दासको ठाँउमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिईरहेको अवस्थामा दासलाई प्रहरीले पक्राउ गरेको हो।  

यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

 

 
 

​​​​