सिद्दिचरण नगरपालिकामा २१ वर्षीय राजेन्द्र पराजुली निर्वचित

सिद्दिचरण नगरपालिकामा २१ वर्षीय राजेन्द्र पराजुली निर्वचित

सिद्दिचरण नगरपालिकामा २१ वर्षीय राजेन्द्र पराजुली निर्वचित

असोज -११ ओखलढुंगा ,पोखराको पृथ्वीनारायण क्याम्पमा विद्यार्थी राजनीति सुरु गर्दै नेविसंघ पृथ्वीनारायण क्याम्पस कानुन समन्वय समितीका सभापति भैसकेका २१ वर्षीय राजेन्द्र पराजुली नेपाली काङ्ग्रेसको १४ औ अधिवेशनलाई भनेर गृह जिल्ला ओखलढुंगा पुगे । संबिधान सभाको दोस्रो चुनाबबाट सक्रिय भएर चुनाव प्रचार प्रसार देखि संगठन बिस्तारमा भुमिका खेलेका पराजुलीले वार्ड अधिवेशनमा क्रीयासील सदस्यको बिचमा विशेष समय लिदै आफ्नो क्षेत्रीय प्रतिनिधि जाने इच्छा रहेको र तेस्का लागि आफू योग्य पात्र रहेको जिकिर मात्रै गरेनन त्यसलाई पुष्टि समेत गरे । 
सहमतिको बहानामा कलिलो उमेर र अरु पाका पुस्ताको सम्मान गर्न लगातार नैतिक प्रेसर दिएपछि पराजुली उम्मेदवारी फिर्दा लिन बाध्य भए । यत्तीमै उनी रोकीएनन , नेपाली काङ्ग्रेसको सिद्दिचरण नगरपालिकाको सह-सचिब पदमा आफ्नो उम्मेदवारी घोषणा गरे । वार्डबाट क्षेत्रीय प्रतिनिधी हुनबाट रोकीएका पराजुलीले नगरमा भने शानदार जित हासिल गरे ।
 नगरपालिकाको चुनावम  खसेको कुल 221 मतमा १०८ मत सहित सह-सचिबमा सर्वाधिक मत प्राप्त गरेका पराजुली संगै अर्का युवा भेषबहादुर मगरले १०७ मतले जित दर्ता गराउदा १०३ मत प्राप्त गरेका अनित गुरुङ पराजित हुन पुगेका थिए  । 
संस्थापन पक्षको मत हावी भएको सिद्दिचरण नगरपालिका ,ओखलढुंगामा संथापन इतर समुहका पराजुली संगै सचिबमा ईश्वरी कोइरालाले जित दर्ता गराउदा प्रेम बहादुर गुरुङको समुह बाकी पदमा जित हासिल गर्न सफल भयो ।
नगर सभापतिमा युवा उम्मेदवार निबन्द श्रेष्ठलाई पराजित गर्दै प्रेम गुरुङ बिजय हुदा उपसभापतिमा नरबहादुर राई र रत्न चौलागाईं बिजयी भए । सर्वाधिक १४३ मत सहित सचिबमा देबकुमार दाहाल बिजयी हुदा पराजुलीकै वार्डबाट क्षेत्रीय प्रतिनिधि बनेर सचिबमा उम्मेदवारी दिएका देबेन्द्र बानिया अर्का उम्मेदवार इश्वरी कोइरालासंग झिनो मतले पराजित हुन पुगे । निर्वाचनको परिणामले वार्डका नेताहरु भने नैतिक संकटमा परेका छन । बानियाको हार र पराजुलीको जितलाइ लिएर वार्डका नेताहरुको स्थानीय बासीले मजाक उडाइरहदा पराजुली भने चर्चाको शिखरमा छन । 

क्षेत्रीय प्रतिनिधि बिनै सह-सचिबमा जित हासिल गरेका पराजुली पोखरामा विद्यार्थीको माग र आवश्यकता बुलन्द गर्ने खरो र प्रष्ट बक्ताका रुपमा परिचित छन ।उनी  जिल्लामै सबैभन्दा सानो उमेरमा निर्वाचीत हुने पदाधिकारी हुन ।