साफमा दुई खेलमा नेपालको दोस्रो जित, श्रीलंकालाई ३-२ हरायो

साफमा दुई खेलमा नेपालको दोस्रो जित, श्रीलंकालाई ३-२ हरायो

साफ च्याम्पियनसिप २०२१ मा नेपालले लगातार  जित हात पारेको छ। पहिलो खेलमा आयोजक माल्दिभ्सलाई हराएको नेपालले सोमबार रातिको खेलमा श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गरेको हो।

निकै नै रोमाञ्चक खेलमा नेपालका लागि सुमन लामा, अन्जन विष्ट र आयुष घलानले एक एक गोल गरेका हुन्। श्रीलंकाको लागि मार्भिन हामिल्टन र डि सिल्भाले गोल गरे।

साफमा नेपालले श्रीलंकालाई २२ वर्षपछि हराएको हो। पछिल्लो पटक नेपालले साफमा श्रीलंकालाई सन् १९९९ मा जितेको थियो।

तस्बिर: गोल नेपाल