नेपाली फुटबलले रच्यो इतिहास, पहिलो पटक साफ फाइनलमा

नेपाली फुटबलले रच्यो इतिहास, पहिलो पटक साफ फाइनलमा

२७ असोज, काठमाडौं । नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

बुधबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशसाग बराबरी खेल्दै नेपालले फाइनलमा स्थान बनाएको हो ।

बंगलादेशका सुमन रेजाले नेपालविरूद्ध खेलको नवौं मिनेटमा गोल गरेका थिए। नेपालले बंगलादेशविरूद्ध दोस्रो हाफको ८८ मिनेटमा गोल फर्काएर बराबरी गोल गरेको हो। उक्त गोल अन्जन विष्टले  पेनाल्टीमार्फत् गरेका हुन्। 

तस्बिर: ANFA