यसपाली दशैं मा ठुलो दाई आउने रे का गायक झिल्के बादल को कथा

झिल्के बादल कहाँ छन् र के गर्दै छन् त ?

यसपाली दशैं मा ठुलो दाई आउने रे का गायक झिल्के बादल को कथा

दशैँ भन्ने बितिकै सबै ले सम्झिने गीत हो - यसपाली दशैं मा ठुलो दाई आउने रे। र यो गीत का गायक हुन् - बादल प्रसाई। एका एक नेपाली सांगीतिक क्षेत्र बाट गायब भएका झिल्के बादल कहाँ छन् र के गर्दै छन् त ? उनि संग को भलाकुसारी र उनका केहि रोचक कथन।

बादल प्रसाई नेपाली सांगीतिक क्षेत्र का चिर परिचित नाम हुन् भने उनि लाई धरै ले झिल्के बादल को नाम ले चिन्ने गर्दछन्। उज्जल भबिस्य को खोजीमा  बिगत चार वर्ष  देखि परिवार को साथ मा  उनि अस्ट्रेलिया मा बसोबास गर्दै छन्। मिडिया मा कम देखिन रुचाउने उनलाई पछिल्लो समय मा भने नया गीत निकाल्ने सोच मा छन।

कुल पोखरेल गीत लाई श्रद्धांजलि दिदै गाएको दशैं को गीत यसपाली दशैं मा ठुलो दाई आउने रे गीत ले उनि लाई एक छुटै पहिचान दिएको थियो। उहाको आफ्नै गीत झिल्केले घन्कायो घन्कायो झिल्केले मादल गीत ले नेपाली सांगीतिक क्षेत्र मा तहल्का मच्चाएको गीत हो र बादल लाई झिल्के बादल को उपाधि दिएको थियो।

बादल र झिल्के बादल नाम का दुइ ओटा आफ्नै एल्बम निकाली सकेका बादलको मनपर्ने गीत भने फुलको हत्या हो।  कुल पोखरेल संग संगत गरेका बादल ले कुल पोखरेल, सुगम पोखरेल, नबिन के भट्टराई लाई आफ्नो गुरु मान्दछन।

बहुमुखी प्रतिभा का धनि बादल गायन बाहेक टीभी प्रोडक्सन, संगीत भिडियो निर्देशक,संगीतकार र मोडेल समेत गर्दछन।भखरै उहको गीत पिरती बस्यो नि सानु त्यो ज्यानको अगाडि यो ज्यान फस्यो नि बजार मा आएको छ र बादल ले छिटै नै नया गीत ल्याउने तयारीमा छन्।

नेपाल रिपोर्टस संग को कुराकानी को क्रम मा बादल ले सम्पूर्ण लाई बिजया दशमी को शुभकामना दिदै आफ्नो क्षमता अनुसार दशैँ मनाउन आग्रह गरे र साथ मा आफ्नो आमा लाई एकदम मिस गरेको बताए।

बादल प्रसाई को गीत को लिंक : यसपाली दशैं मा ठुलो दाई आउने रे