नियम विपरीत अलमुताइरीलाई फाइनलमा प्रतिबन्ध, साफ प्रति आक्रोश

नियम विपरीत अलमुताइरीलाई फाइनलमा प्रतिबन्ध, साफ प्रति आक्रोश

३० असोज, काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई प्रतिबन्ध लगाइएको छ ।

साफको नियमावलीमा रातो कार्ड पाएमा मात्र अफिसियलले अर्को खेल गुमाउने उल्लेख भए पनि लिग चरणमा श्रीलंका र अन्तिम खेलमा बंगलादेशविरुद्ध पहेंलो कार्ड पाएका अलमुताइरीलाई आज भारतविरुद्ध हुने फाइनल खेलमा साफले प्रतिबन्ध लगाएको हो ।

विधान विपरित गरिएको सो कुराको सर्वत्र विरोध भइरहेको छ र अलमुताइरीले पनि नियम विपरीत यस्तो किन गरियो भनेर भनेर विरोध जनाउँदै छन्।