नेकपा एमाले विद्यार्थी बिशेष सानको शाखा कमिटी अधिवेशन सम्पन्न, हेरौं को को चुनिए शाखा कमिटी अध्यक्षहरु

नेकपा एमाले विद्यार्थी बिशेष सानको शाखा कमिटी अधिवेशन सम्पन्न, हेरौं क...

कार्तिक ६, काठमाडौं । आज नेकपा एमाले विद्यार्थी बिशेष सान इलाका अन्तरगतको शाखा कमिटी अधिवेशन सम्पन्न भएको छ।

 अनेरास्ववियु महासचिव एबं नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटि सदस्य समिक बडालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। अनेरास्ववियु सान राष्ट्रिय कमिटि अध्यक्ष बिकास श्रेष्ठको अध्यक्षतामा भएको अधिवेशनले शाखा अध्यक्ष सहित कमिटी हरु बिस्तार गरेको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समिक बडालले प्रविधी र प्राविधिक क्षेत्रको पार्टी निर्माणमा उल्लेखनिय भुमिका रहेको बताउदै अहिलेको सरकार न्यायलयलाई समेत भागबण्डा दिएर उपहारमा पाएको सरकार भएको र पहिले श्री ५ को आदेश बाट सरकार भनेजस्तै अहिले न्यायलय लाई भागबन्दा दिएर सरकार बनेको आरोप लगाए। साथै उनले पुर्व सरकारको पालामा कार्यन्वयन हुन बाँकी रहेका हजारौ बिकास परियोजना यो सरकारले अलपत्र पारेकोमा आफूलाई धेरै दुःख लागेको समेत बताए। 

यस अधिवेशन मार्फत सानले हरेक शाखाबाट शाखा कमिटी अध्यक्षहरु समेत चयन गरेको छ।

 

नेकपा एमाले विद्यार्थी बिशेष सान इलाका अन्तरगतका शाखा कमिटी अध्यक्षहरु :

१)पुल्चोक क्याम्पस शाखा: प्रमोद बन्जरा

२) थापाथली क्याम्पस शाखा: निरन्जन अधिकारी

३) काठमाडौं इन्जिनियरिङ्ग कलेज शाखा: आशिष् गौतम

४) नेशनल कलेज अफ इन्जिनियरिङ्ग शाखा: जिवित नहर्कि 

५) हिमालय कलेज अफ इन्जिनियरिङ्ग शाखा: केतन थापा

६) क्याथ्फोर्ड शाखा: त्रीलोचन पाण्डे 

७) एड्भान्स कलेज शाखा: उत्सव कट्वाल 

८) कान्तिपुर इन्जिनियरिङ्ग कलेज शाखा: भुवन काफ्ले

९) जनकपुर इन्जिनियरिङ्ग कलेज शाखा: आयुष गुरागाईं

१०) काठमाडौ फरेस्ट्री शाखा: मिलन के सि

 

आज को अधिवेशन बाट प्राविधिक क्षेत्र मा राजनीति गर्दै आएका माझ थप उर्जा थपिएको र विद्यार्थी आन्दोलन र पार्टिमा नया आयाम थपिने बिस्वास रहेको कुरा अनेरास्ववियु केन्द्रिय सदस्य नबिन्द्र चालिसेले नेपाल रिपोर्ट्सलाई जानकारी दिए।