सल्यानमा जिप दुर्घटनामा परि एकको मृत्यु  ७ घाइते 

सल्यान जिप दुर्घटनामा परि एकको मृत्यु  ७ घाइते 

सल्यानमा जिप दुर्घटनामा परि एकको मृत्यु  ७ घाइते 

कार्तिक-७ सल्यान,सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने  ७ जना घाइते भएका छन् । दुर्घटनामा परी जिल्लाको  बागचौर नगरपालिका निवासी १८ वर्षीय आशीष बस्नेतको ज्यान गएको प्रहरीले जनाएको छ । 
आइतबार विहान करिव ७ः ५० बजे सल्यानको बागचौरबाट दाङ तर्फ गइरहेको भे १ च १८९० नम्बरको बोलेरो जीप कपुरकोट ३ स्थित मुलपानी बनस्पति उद्यान नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता  अर्जुन पौडेलले जानकारी दिए ।
दुर्घटनामा घाइतेहरुको उपचार प्रादेशिक अस्पताल तुल्सिपुरमा भइ रहेको छ ।
घाइतेहरुमा बागचौर नगरपालिका वडा न १ का  निवासी अन्दाजी १४ वर्षिय आयुस बस्नेत, २२ वर्षिय मनोज वस्नेत, बानपा २ का अन्दाजी २७ वर्षिय सिता वली, २८ वर्षिय बविता रावल र निजको ११ वर्षिय छोरी एसिका रेउले तथा गाडी चालक बानपा २ का १९ वर्षिय हिक्मत पुन मगर रहेको प्रहरीले जनाएको छ । बबिताको अवस्था  गम्भीर  भए  पछि  थप  उपचारका लागि  नेपालगन्ज  रिफर  गरिएको  प्रहरीले जनाएको  छ । 

यस्तै बानपा २ कै १९ वर्षिय अर्जुन केसीको अवस्था सामान्य छ ।उनको कपुरकोट स्थित स्थानीय मेडिकलमा उपचार भइ रहेको प्रहरीले जनाएको छ । गाडी सडकबाट एक सय मिटर भन्दा तल खोल्सामा खसेको थियोे  । दुर्घटनाको कारण खुल्न नसकेको र घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।