आइओएमको परीक्षा शुल्क नै ९००० पुग्यो, एकैपटकमा पहिले भन्दा ४ गुणा वृद्धि

आइओएमको परीक्षा शुल्क नै ९००० पुग्यो, एकैपटकमा पहिले भन्दा ४ गुणा वृद्...

कात्तिक ७,काठमाडौं । चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले चिकित्सा शिक्षा स्नातक तहको परीक्षा शुल्क बढाएको छ।

आइओएमले सम्बन्धन दिएका मेडिकल कलेजहरुलाई परीक्षा शुल्क बढाएको भन्दै पत्र समेत पठाइसकेको छ। पत्र अनुसार स्नातक तह तहको नियमित परीक्षामा मेडिकल कलेजहरुले एक जना विद्यार्थीसँग प्रतिवर्ष ९ हजार शुल्क लिन पाउने भएका छन्।

यसअघि स्नातक तहको नियमित परीक्षा शुल्क २५ सय मात्र थियो। एकैपटकमा आइओएमले परीक्षा शुल्क झन्डै ४ गुणा बढाएपछि विद्यार्थीहरुले बिरोध गरेका छन्। चिकित्सा शिक्षाका विद्यार्थीहरुले यस विरुद्ध आवश्यक कदम चाल्ने चेतावनी समेत दिएका छन्।

चिकित्सा शिक्षा अध्यापन गर्ने काठमाडौं विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालय मातहतका कलेजहरुबाट लिइने परीक्षा सञ्चालन शुल्कलाई आधार मानी शुल्क निर्धारण गरिएको आइओएमले जनाएको छ।