लोसपा वीरगञ्ज महानगरको अध्यक्षमा ओमप्रकाश सर्राफ

लोसपा वीरगञ्ज महानगरको अध्यक्षमा ओमप्रकाश सर्राफ

वीरगञ्ज -  महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) वीरगञ्ज महानगर कमिटीको संयोजकको जिम्मेवारी ओमप्रकाश सर्राफले पाएका छन् ।

लोसपा जिल्ला कार्यसमिति पर्साका संयोजक पुरुषोत्तमलाल झाले युवा नेता सर्राफलाई महानगर संयोजकको जिम्मेवारी दिएको जानकारी दिए । जिल्ला कार्यसमितिले दिएको जिम्मेवारीलाई पुर्ण रुपमा निर्वाह गर्ने सर्राफले प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

आफुले संयोजकको जिम्मेवारीलाई अन्याय हुन नदिने बताउँदै सर्राफले पार्टीलाई सशक्त बनाउनुका साथै संगठन विस्तारलाई प्राथमिकता दिने बताए ।