ललितपुरमा ग्याँस सिलिण्डर विस्फोट; ४ को मृत्यु, २ घाइते

ललितपुरमा ग्याँस सिलिण्डर विस्फोट; ४ को मृत्यु, २ घाइते

१९ कार्तिक,ललितपुर । शुक्रबार साँझ ७ बजे ललितपुरको मंगलबजारमा ग्याँस सिलिन्डर विस्फोट हुँदा ४ जनाको ज्यान गएको छ ।

मंगलबजारस्थित प्रहरी प्रभागका अनुसार ग्याँस सिलिन्डर विस्फोट हुँदा २ जना घाइते भएका छन्।

ग्यास सिलिन्डर विस्फोटमा परी घरधनी लक्ष्मीकृष्ण ताम्राकारसहित ४ जनाको ज्यान गएको बताइएको छ । घटनामा घाइते भएका २ जनाकाे नाम खुलिनसकेको बताइएको छ ।

खाना पकाइरहेका बेला सिलिन्डर पड्किएर घटना घटेको बताइएको । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।