नेप्लीज तास्मानिया स्पोर्ट्स एशोसिएसन ले टेबल टेनिस प्रतियोगिता गर्दै 

NTSA टेबल टेनिस च्याम्पियनसिप २०२१ प्रतियोगिता

नेप्लीज तास्मानिया स्पोर्ट्स एशोसिएसन ले टेबल टेनिस प्रतियोगिता गर्दै 

होबर्ट, तास्मनिया

नेप्लीज तास्मानिया स्पोर्ट्स एशोसिएसन ले येही आउदो नोवेम्बेर १३ को दिन ८ कन्स्टेन्स, ग्लेनोर्ची मा NTSA टेबल टेनिस च्याम्पियनसिप २०२१ प्रतियोगिता गर्दै छ।  प्रतियोगितामा पुरुष एकल खुल्ला, महिला एकल खुला , डबल खेलहरु रहने छन्। विजेता र उपविजेता को लागी क्रमस नगद पुरस्कारमा अस्ट्रेलियन डलर २०० र १०० दिने जनाएको छ। 

यसअगी नेप्लीज तास्मानिया स्पोर्ट्स एशोसिएसनद्वारा  बार्बिक्यु कार्यक्रम आयोजना गरि उठाएको रकम राष्ट्रिय आविष्कार केन्द्र लाई सहयोग देखि ब्याडमिन्टन च्याम्पियनशिप आयोजना गरि सकेको छ। तास्मनिया बासि को लागी स्पोर्ट्स एशोसिएसन को कदम लाई सकारात्मक लिन सकिन्छ।