लोसपा वीरगन्ज महानगर अध्यक्ष सर्राफद्वारा व्रतालुहरुलाई साडी वितरण

लोसपा वीरगन्ज महानगर अध्यक्ष सर्राफद्वारा व्रतालुहरुलाई साडी वितरण

वीरगन्ज - लोकतान्त्रिक समाजवादी पार्टी नेपाल वीरगन्ज महानगर अध्यक्ष एवम् सामाजिक अभियन्ता ओम प्रकाश सर्राफले छठ व्रतालुहरुलाई साडी वितरण गरेका छन् ।

अध्यक्ष सर्राफले वीरगन्जको विभिन्न टोलका विपन्न घरदैलोमै छठ व्रतालुहरुलाइ नया साडी बितरण गरेका छन् । 

उनले अहिलेसम्म करिब दुई सय साडी वितरण गरेको र वितरण कार्यक्रम जारी नै रहेको बताएका छन् ।