२०२१ विश्वकप खेलेका र टेस्ट राष्ट्रहरुलाई समेत पछि पार्दै नेपाल टि २० बरियतामा माथि उक्लियो

२०२१ विश्वकप खेलेका र टेस्ट राष्ट्रहरुलाई समेत पछि पार्दै नेपाल टि २०...

२८ कार्तिक, काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ टि२० विश्व वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । 

शुक्रबार आइसिसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गर्दै १२ औं स्थानमा उक्लिएको हो। नेपालले टेस्ट टोली आयरल्यान्डसँगै टि२० विश्वकप २०२१ मा उत्कृष्ट प्रदर्शन गरेका स्कटल्यान्ड र नामिबियालाई समेत पछि पारेको छ ।

  १९ खेलमा ३ हजार ५ सय ५६ अंक र १ सय ८७ रेटिङ अंक सहित नेपाल नयाँ वरीयतामा १२ औं स्थानमा छ। नेपाल भन्दा अघि जिम्बावे ११ औं र वेस्टइन्डिज १० औं स्थानमा छन् । आयरल्यान्ड १३ औं, स्कटल्यान्ड १४ औं, युएई १५ औं र नामिबिया १६ औं स्थानमा छन् । ओमान १७ औं, नेदरल्यान्ड्स १८ औं, पपुवा न्युगिनी १९ औं र सिंगापुर २० औं स्थानमा छन् ।

इंग्ल्यान्ड शीर्ष, भारत दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छन् भने न्युजिल्यान्ड चौथो, दक्षिण अफ्रिका पाँचौं, अष्ट्रेलिया छैटौं, अफगानिस्तान सातौं, बंगलादेश आठौं र श्रीलंका नवौं स्थानमा छन् ।

 नेपालले पछिल्लो पटक टि २० अन्तर्राष्ट्रिय खेल नेदरल्यान्ड्स र मलेसियासँग वैशाखमा त्रिकोणात्मक सिरिज खेलेको थियो ।

फोटो: पारस खड्काको फेसबुकबाट