धेरै पछिको बन्दले जनजीवन प्रभावित, राजधानीमा फाट्टफुट्ट मात्रै चलिरहेका छन् सवारीसाधन

राजधानी काठमाडौंमा बिहान नेपाल बन्दको केही प्रभाव देखिएको छ। मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले नेपाल बन्द गरेको हो।

धेरै पछिको बन्दले जनजीवन प्रभावित, राजधानीमा फाट्टफुट्ट मात्रै चलिरहेक...

३० कार्तिक, काठमाडौं। राजधानी काठमाडौंमा बिहान नेपाल बन्दको केही प्रभाव देखिएको छ। मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्दविप्लवनेतृत्वको नेकपा माओवादीले नेपाल बन्द गरेको हो।

प्राइभेट सवारीसाधन केही चले पनि सार्वजनिक सवारीसाधन भने निकै नै कम चलिरहेका छन्। सहरका सडकमा प्रहरी नै प्रहरी देखिन्छन् आन्दोलनकारीको नगन्य मात्रामा उपस्थिति रहेको छ।

लामोदुरीका सवारीसाधन राजधानी भित्रिरहेका छन् तर यताबाट बाहिर गएका छैनन्। अहिलेको अवस्थामा बिहानी बढेसँगै सडकमा सवारीसाधन बढ्दै गइरहेको छ।