जनतामा न्यायालय माथीको बिश्वास गुमे देश असफल हुन्छ : महतो

जनतामा न्यायालय माथीको बिश्वास गुमे देश असफल हुन्छ : महतो

वीरगञ्ज - परिवर्तनका लागि सिँहदरवारमै आन्दोलन गर्नुपर्ने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले बताएका छन् । विगतमा मधेश केन्द्रित आन्दोलनको असर काठमाण्डौमा नपरेको बताउँदै नेता महतोले अब काठमाण्डौ र सिँहदरवार केन्द्रित आन्दोलन गर्ने बताए । 

वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता महतोले विभिन्न जातजाती र विभिन्न समुदायको बसोबास रहेका नेपालमा एकल जातिय सोच र चिन्तनबाट सत्ता सञ्चालन गर्नु नै प्रमुख समस्या भएको बताए । न्यायलयको गरिमा जोगाउनका लागि भएपनि प्रधानन्याधीश चोलेन्द्रशमशेर जबराले अविलम्ब राजीनामा दिनुपर्ने नेता महताको भनाई छ । 

राजीनामा दिएर न्यायलयसँगै देशलाई पनि सफल बनाउनुपर्नेमा महतोको जोड थियो । न्यायालय सेटिङमा चलिरहेको र त्यसको प्रमुख जिम्मेवार प्रधानन्यायधीश जबरा नै भएको भन्दै लोसपाका नेता महत्तोले जबराले सेटिङमै फैसला गर्दै आएका कारण नै कानुन व्यवसायी र न्यायाधीशहरुले जबराको राजीनामा मागेको बताए ।


महत्तोले कांग्रेस,एमाले र माओवादीले पनि सेटिङमा न्यायालयलाई चलाइरहेको आरोप पनि लगाए ।