खाना पारखीहरुलाई वीरगञ्जमा नयाँ उत्कृष्ट ठेगाना: हिमालयन क्याफे

खाना पारखीहरुलाई वीरगञ्जमा नयाँ उत्कृष्ट ठेगाना: हिमालयन क्याफे

 ८ मंसिर, वीरगञ। वीरगञ्जको आदर्शनगरस्थित रुंगटना कम्प्लेक्समा हिमालयन क्याफे सञ्चालनमा आएको छ ।

 सञ्चालनमा आएको त्यस क्याफेको सोमबार भव्य कार्यक्रमका बिच वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले उद्घाटन गरेका छन् । १० लाखको लागतमा सञ्चालित क्याफेको उद्घाटन गर्दै नगरप्रमुख सरावगीले क्याफेले वीरगन्जका खाना पारखीहरुलाई नयाँ उत्कृष्ट गन्तव्य प्रदान गरेको बताए।

आकर्षक ढंगले सजावट गरिएको क्याफेमा आउने ग्राहकहरु पनि आकर्षित हुने नगरप्रमुख सरावगीको विश्वास छ । क्याफेकी सञ्चालिका गीता ठाकुरले सस्तो र सर्वसुलभ मूल्यमा स्वस्थ तथा पोषिलो खाजा र खाना खुवाउने अभिप्रायले क्याफे सञ्चालन गरिएको बताईन् ।

क्याफेमार्फत सुरुवातमा कुक, वेटरसहित ७ जनालाई रोजगार समेत उपलब्ध गराइएको क्याफेका व्यवस्थापक दिपु वर्णवालले बताए । आगामी दिनमा अँझै परिस्कृत गर्दै जाने र रोजगारको संख्यालाई पनि बढाउँदै जाने वर्णवालको भनाई छ ।

क्याफेको उद्घाटन कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव, सचिव तबरेज अहमद, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) वीरगञ्ज महानगर संयोजक ओमप्रकाश सर्राफ, स्माईल डेन्टल क्लिनीकका प्रबन्ध निर्देशक डा. आमिर आलम लगायतको उपस्थिती रहेको थियो ।