सोलुखुम्बुको पहलमान भीरबाट बोलेरो खस्यो

सोलुखुम्बुको पहलमान भीरबाट बोलेरो खस्यो

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ स्थित पहलमान भीरबाट बोलेरो खसेको छ ।

आज (शनिबार) साझ अन्दाजी ७ : ३० बजे भिरबाट बोलेरो खस्दा चालक अन्दाजी ४०/४२ बर्षीय पुरुष घाईते भएका छन् । तर सवारी साधन भने फेला पर्न नसकेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

चालकलाई प्रहरीले अचेत अवस्थामा दुर्घटना स्थलबाटै उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) कवित कटवालले जानकारी दिनुभयो । जिपमा कति यात्रु थिए वा खाली थिए भन्ने बारे खुल्न सकेको छैन् । चालक बोल्न नसक्ने अवस्थामा भएकाले अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।