पोखरामा ट्रक दुर्घटना हुँदा २ को मृत्‍यु

पोखरामा ट्रक दुर्घटना हुँदा २ को मृत्‍यु

पोखरा आउँदै गरेको लु २ ख २९४७ नम्बरको फलामको छड बोकेको ट्रक आज बिहान साँढे ४ बजे पोखराको बिजयपुलको सडक-नालीमा पल्टिदा २ जनाको मृत्‍युभएको छ। मृत्‍यु हुनेमा लम्जुङ पार्चे बस्ने ४२ वर्षिय भिम बहादुर तमाङ र अर्का मिर्तक शवको पहिचान नखुलेको ४५ वर्षिय पुरुष रहेको प्रहरीले बताएका हुन् । दुर्घटनामा परेका २ जनालाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा चिकित्सकले करिब छ बजेको समयमा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।