दिल्लीका मुख्यमन्त्री केजरीवाल भन्छन्ः ओमिक्रोन भेरियन्टसँग लड्न हामी पुरै तयार

दिल्लीका मुख्यमन्त्री केजरीवाल भन्छन्ः ओमिक्रोन भेरियन्टसँग लड्न हामी...

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका अनुसार दिल्ली कोरोनाको नयाँ ओमिक्रोन भेरियन्टसँग लड्न पुरै तयार भइसकेको छ।

उनले हाल दिल्लीका सक्रिय संक्रमितहरुमा ओमिक्रोन छ या छैन भनेर जिनोम सिक्वेन्सिङ गरिने पनि बताए।

केजरीवालले केन्द्र सरकारसँग कोरोना खोपको बुस्टर डोज लगाउने विषयमा मन्जुरी प्रदान गर्न पनि आग्रह गरेका छन्।

उनले दिल्लीमा २८ जनामा ओमिक्रोन देखिएको पनि जानकारी दिए।

यद्यपी कोरोना भाइरसबाट बच्न दिल्लीमा सबै उपाय अपनाइएकाले दिल्ली सुरक्षित भएको उनको भनाइ छ।