पाल्पामा बस दुर्घटना, मलामी जाँदै गरेका ७ जनाको मृत्यु

पाल्पामा बस दुर्घटना, मलामी जाँदै गरेका ७ जनाको मृत्यु

१८ पुस, बुटवल । बुटवलबाट रिडितर्फ शव बोकेर जाँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।

लु २ ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडकखण्ड अन्तर्गत पाल्पाको रिब्दिकोट–२ लगुवामा सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी मोहन खांणले जानकारी दिए ।