लायन्स क्लब अफ अटल पिङ्गालास्थानद्वारा रसुवामा न्यानो कपडा वितरण

उक्त ज्याकेटले विपन्न बालबालिकालाई चिसोबाट जोगाउन सहयोग पुग्ने गाउँपालिका अध्यक्ष लम्सालले बताए । 

लायन्स क्लब अफ अटल पिङ्गालास्थानद्वारा रसुवामा न्यानो कपडा वितरण

रसुवाको उत्तरगया गाउँपालिका- २ डाँडागाउँमा रहेका विपन्न बालबालिकालाई लायन्स क्लब अफ अटल पिङ्गालास्थानले न्यानो कपडा वितरण गरिएको छ ।  

डाँडागाउँ माविकामा अध्ययनरत ५० जना बालबालिकालाई न्यानो कपडास्वरूप ज्याकेट वितरण गरिएको समाजसेवी तथा क्लबका अध्यक्ष राधा श्रेष्ठले  जानकारी दिइन् । 
 उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले  ज्याकेट वितरण कार्यक्रम भएको खुशी व्यक्त गर्दै धन्यवाद दिएका थिए  । उक्त ज्याकेटले विपन्न बालबालिकालाई चिसोबाट जोगाउन सहयोग पुग्ने गाउँपालिका अध्यक्ष लम्सालले बताए । 

चिसोको समयमा समेत पातलो कपडा लगाएर विद्यालय आउने गरेका बालबालिका न्यानो कपडास्वरूप ज्याकेट पाएसँगै खुसी भएका छन् । न्यानो कपडाअन्तर्गत बालबालिकालाई उपलब्ध गराइएको ज्याकेटले चिसो मौसममा राहत पुगेको विद्यालयका प्रधानाध्यापक ध्रुव पन्तले बताए । 

विपन्न बालबालिकालाई न्यानो कपडा उपलब्ध गराएकोमा उत्तरगया गाउँपालिका– २ का वडाध्यक्ष खुवाबहादुर गुरुङले धन्यवाद दिँदै यस्ता राहतस्वरूपका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । 

 उक्त कार्यक्रममा अटल पिङ्गलास्थान परिवार र   रसुवाका  सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापाको समन्वयमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ बी १ नेपाल,  उत्तरगया गाउँपालिकासँगको सहकार्यमा विपन्न बालबालिकालाई न्यानो कपडा वितरण कार्यक्रम सुसम्पन भएको थियो