तनहुँ स्थित व्यास नगरपालिकाले बुधबार बसेको नगर कार्यपालिका बैठकले गर्‍यो यस्तो निणर्य

तनहुँ स्थित व्यास नगरपालिकाले बुधबार बसेको नगर कार्यपालिका बैठकले गर्‍...

तनहुँ स्थित व्यास नगरपालिकाले बुधबार बसेको नगर कार्यपालिका बैठकबाट एक हजार रोपनी क्षेत्रफलमा डिप्लोम्याटिक गार्डेन निर्माण गर्ने निर्णय गरेको छ । नगर कार्यपालिका बैठकले व्यास १० शिशुवा भतेरीमा यस्तो संरचना बनाउने भन्दै यसमा विभिन्न देशका पहिचान झल्कने वस्तु रहने उल्लेख गरेको छ ।
 
नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेका प्रवक्ता मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा छ ।

सम्बन्धित देशको पहिचान रहने गरी बनाइने भनिएको संरचनाले अन्तर्राष्ट्रिय पर्यटकीय प्रवद्र्धनमा सघाउने नगरपालिकाले उल्लेख गरेको छ । यसका लागि सम्बन्धित अन्तर्राष्ट्रिय संस्थासँग समन्वय गर्ने निर्णयमा उल्लेख छ ।