कोरोनाको मापदण्ड पुरा नगरी परिक्षा लिएको भन्दै पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थी आन्दोलित

सरकारले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य सतर्कतामा कडाई गरेतापनि पूर्वाञ्चल विश्वविद्यालयले आफ्ना गतिविधिमा त्यति सावधानी नदिएको पाइएको छ ।

कोरोनाको मापदण्ड पुरा नगरी  परिक्षा लिएको भन्दै पूर्वाञ्चल विश्वविद्या...

सरकारले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य सतर्कतामा कडाई गरेतापनि पूर्वाञ्चल विश्वविद्यालयले आफ्ना गतिविधिमा त्यति सावधानी नदिएको पाइएको छ । यहि पौष २७ गतेबाट सुरु भएको विश्वविद्यालयको बार्षिक परीक्षा कोरोना संक्रमित विद्यार्थीहरुलाई एकै ठाउँमा राखेर धमाधम सञ्चालन भइरहेको छ ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिसिएमसिले सिसिएमसीले यहि माघ १५ गते सम्म सबै विद्यालय तथा विश्वविद्यालय भौतिक रुपमा सञ्चालन गर्न रोक लगाएता पनि पूर्वाञ्चल विश्वविद्यालयले आफ्नो वार्षिक परीक्षा भौतीक रुपमै सञ्चालन गरिरहेको छ । परिक्षामा उपस्थित धेरै परिक्षार्थीमा कोभिडका लक्षण देखिएको र केही विद्यार्थी कोरोना संक्रमीत नै भएकोले सँगै बसेर परीक्षा दिन स्वास्थ्य जोखिम महसुस गरेको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन् । यो वर्ष परीक्षा नदिए पुनः अर्काे वर्ष ब्याक पेपर दिनुपर्ने बाध्यता सिर्जना गरेको र कोरोना संक्रमण रोकथामका कुनै जनस्वास्थ्यको मापदण्ड पालन नभएको भन्दै आफुहरुको आपत्ती रहेको चक्रवर्ती ल कलेजका विद्यार्थी सुदिप थापाले नयाँ पाना मिडियालाई बताए । यता आफुहरुलाई स्वास्थ्य जटिलता भएपनि अनिवार्य परीक्षा दिनैपर्ने बाध्यता भएकाले आफुहरु परीक्षामा सहभागी भएको कोरोना संक्रमित विद्यार्थीहरुले बताएका छन् ।


यता बार्षिक परीक्षा विश्वविद्यालयले नै तोक्ने र आफुहरुले केही गर्न नसक्ने पूर्वाञ्चल विश्वविद्यालय मातहतको चक्रवर्ती ल कलेज प्रशासनले बताएको छ । यद्यपी, कोरोना संक्रमीत विद्यार्थीहरुका लागि छुट्टै कोठाको व्यवस्थापन गर्न र जनस्वास्थ्यका मापदण्डलाई ध्यान दिएर परीक्षा सञ्चालन गर्न माग सहित आफुहरुले विश्वविद्यालयसमक्ष पत्र पठाएको क्याम्पस संयोजक दीपक वाल्मिकीले बताए । कोभिड–१९ को पछिल्लो ओमिक्रोन भेरियन्टको संक्रमण बढ्नथालेपछि सीसीएमसीले जनस्वास्थ्यमा कडाई गरेको हो । कुनै पनि सार्वजनिक स्थलमा २५ जना भन्दा बढीको भिडभाड गर्न रोक लगाएता पनि कोरोना संक्रमित परीक्षार्थीलाई भौतिक रुपमै एकैठाउँमा राखि परीक्षा सञ्चालन गर्नु विश्वविद्यालयको गैर जिम्मेबारीपन भएको विद्यार्थीहरुको गुनासो रहेको छ । अन्य वैकल्पीक माध्यमबाट परीक्षा सञ्चालन गरिनुपर्ने, भन्दै आज B.A.LL.B तेस्रो बर्षका विद्यार्थीहरुले परिक्षा नै न दिएर आन्दोलन मा उतरेका छन् भने विद्यार्थिहरु ले नै आज पुर्वान्चल विश्वविद्यालयमा समेत ताल्चा लगाएका छन् । विद्यार्थिका अनुसार आगामी परिक्षा पनि हुन नदिने र अरु क्याम्पसका परिक्षा रोक्ने जनाएका छन् ।


विद्यार्थीहरूका केही मागहरु :

तेस्रो लहरको कोरोनाले नेपालमा पनि तान्डव मचाएको कुरा हामी सब लाई अवगत नै छ। हाल केही विश्वविद्यालयहरु कक्षामा उपस्थित भएर परीक्षा लिन मा व्यस्त छन।
परिक्षा संचालनमा हुदै गर्दा अधिकांस विद्यार्थीहरु लाई लक्षण देखा परिसकेको छ त्यसर्थमा विश्वविद्यालयहरु तुरुन्तै केही वैकल्पिक कदम चाल्नु पर्ने अवस्था छ तर अहिले सम्म कुनै पनि चासो न देखाई विद्यार्थीहरु को जिवन संग खेलवाड हुने गरि परिक्षा अझै संचालन मै राखेको छ ।
अब विश्वविद्यालय संग मेरो प्रश्न
१. विद्यार्थीको भविष्य बनाउने की जिवन सांग खेलवाड गरि भविष्य ध्वस्त पारि दिने?
२. अब विश्वविद्यालयहरु को दायित्व र जिम्मेवारी के?
३. जब विद्यार्थीहरु नै अस्वस्थ छन भने यो परिक्षा कस्को लागी?
४. परिक्षाको कारण संक्रमित भएका विद्यार्थीहरु र अझै संक्रमण हुने विद्यार्थीहरु को जिम्मेवारी कस्ले लिने?
एस्तो सम्वेदनशिल विषयमा शिघ्र विद्यार्थीको हितमा कदम चाल्न नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, शिक्षा मन्त्रालय र विश्वविद्यालयहरु लाई ध्यानाकर्षण गराउदै अनुरोध गर्द छु नत्र एस्तो दाइत्वहिन र अमानविय व्यवहार स्विकार्य हुने छैन र विद्यार्थी साथीहरु केही कडा कदम चाल्न बाध्य हुने पनि आन्दोलित विद्यार्थिहरुले बताएका छन्।