मुख्यमन्त्रीको घरमा ढुङ्गा प्रहार गर्ने पटेल रिहा

मुख्यमन्त्रीको घरमा ढुङ्गा प्रहार गर्ने पटेल रिहा

वीरगंज - मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुंगा प्रहार गर्ने व्यक्ति रिहा भएका छन् । पक्राउ परेका नेवि संघ पर्साका जिल्ला समिति सदस्य सुमन पटेल आज विहान रिहा भएका हुन् ।

मुख्यमन्त्री राउतको घरमाथि ढुंगामुडा गरेकाे आराेपमा मंगलबार प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १ निवासी २६ वर्षीय  पटेललाई नियन्त्रणमा लिएकाे थियाे । ढुंगा प्रहारबाट मुख्यमन्त्रीको घरको सिसा फुटेको थियाे ।

वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले पक्राउ गरेका पटेलविरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान अघि बढाइएको जनाएकाे थियाे । तर पक्राउ परेकाे पटेललाई रिहा गर्न चाैतर्फी दबाव पुगेपछि प्रहरीले एक दिन मै उनलाई छाेडेकाे हाे ।

पटेल छाेडाउन बुधबार विहान जिल्ला प्रहरी कार्यालय पर्साका नेपाली कांग्रेसका वीरगंज महानगर अध्यक्ष भाेला प्रसाद कलवार नेवि संघका पूर्व केन्द्रिय सदस्य सुधिर पटेल, नेता ओमप्रकाश गुप्ता, विजय सहनी, विवेक कलवार, समाजवादी विद्यार्थी संघ पर्साका अध्यक्ष अजाज बाबु राँकी लगायतका पुगेका थिए ।