कनिष्ठलाई प्रमुखको जिम्मेवारी दिएपछि विभागका कर्मचारी आन्दोलित

विगतमा पनि विभागको अप्रकाशित निर्णय तथा गोप्य दस्तावेजहरू चुहाउन र विभागको हरेक काममा कठिनाई सिर्जना गर्न मिडियाबाजी गरि असल नियतले काम गर्ने कर्मचारीलाई दुःख दिने र मनोबल गिराउन उनी संलग्न पत्र रहेको भट्टराईलाई आरोप छ ।

कनिष्ठलाई प्रमुखको जिम्मेवारी दिएपछि विभागका कर्मचारी आन्दोलित

औषधि व्यवस्था विभागमा कार्यरत ५७ कर्मचारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार हालसालै गरिएको ऐनविपरित महानिर्देशक परिवर्तन सम्बन्धि असहमति रहेको ज्ञापन पत्र बुझाएका छन् ।

महाशाखा प्रमुख वरिष्ठ औषधि व्यवस्थापक, राष्ट्रिय औषधि प्रयोगशालाका निमित्त प्रमुख, वरिष्ठ गुणस्तर नियन्त्रक, फार्मेसी अधिकृत, फार्मेसी सहायक आदि छन् ।

विभागमा कार्यरत महानिर्देशक नारायणप्रसाद ढकालले विभागको नेतृत्वमा आएको ४ महिना नबित्दै कार्य सम्पादनमा कम्जोर र निजी समूहलाई रुझाउन नियम कानूनलाई तोडमोड गर्न सिपालु रहेका भरत भट्टराईलाई जिम्मेवारी दिँदा विभाग अस्थिर हुने र स्वार्थ समूह सल्बलाउने अवस्था सिर्जना हुनेदेखि सो कार्यविरुद्ध कर्मचारी आन्दोलित भएका हुन् ।

भट्टराई ढकालभन्दा चार वर्ष कनिष्ठ कर्मचारी रहे पनि विभाग मातहतको कार्यलयमा ढकाललाई सरुवा गरि विभागको जिम्मेवारी भट्टराईलाई दिन खोजिँदा विवाद उत्पन्न भएको हो ।

औषधि व्यवस्था विभाग एउटा नियमनकारी निकाय रहेको हुनाले असल मनसायले कार्य गर्दा पनि बारम्बार स्वार्थ समूहले तथा माफियाको इच्छा अनुरूप काम नहुँदा विवादमा तान्ने प्रयास भै नै रहेको हुन्थ्यो ।

भरत भट्टराई सोहि प्रकृतिका स्वार्थ समूहका निकट रहने कर्मचारी हुन् ।

विगतमा पनि विभागको अप्रकाशित निर्णय तथा गोप्य दस्तावेजहरू चुहाउन र विभागको हरेक काममा कठिनाई सिर्जना गर्न मिडियाबाजी गरि असल नियतले काम गर्ने कर्मचारीलाई दुःख दिने र मनोबल गिराउन उनी संलग्न पत्र रहेको आरोप छ ।

औषधिको अनियन्त्रित मूल्यवृद्धिलाई नियन्त्रण गर्न बार्षिक १० प्रतिशतभन्दा मूल्य बढाउन नदिन विभागले गरेको नीतिगत निर्णयलाई पनि अनावश्यक मिडियाबाजी गरि विभागलाई विवादमा ल्याउन उनी संलग्न थिए ।

यसअघि ढकाल तालिममा गएका बेला एक वर्षसम्म महानिर्देशक हुने अवसर पाउँदा उनले अनेकन विसंगतियुक्त कार्य गरेको चर्चा छ ।

जस अन्तर्गत तत्कालीन मन्त्री हृदयेश त्रिपाठीले कोभिशिल्ड भ्याक्सिनको दोश्रो डोज नपाउनुमा निजी क्षेत्रको चलखेल रहेको भनेका थिए। 
 भट्टराई तिनै पत्र हुन् जसले निजी कम्पनीलाई खुशी पर्न भ्याक्सिन निजी क्षेत्रलाई बिक्री गर्ने स्वीकृति दिएका थिए ।

जबकी यो निःशुल्क सरकारबाट उपलब्ध हुनु पर्थ्यो । कर्मचारी, सचिव र मन्त्रीको आँखामा छारो हाल्न सिपालु भट्टराईले औषधिको विशेष आयात सिफारिश कार्यविधिमा आवश्यक नरहेको संशोधन गर्न लागाई विभागमा दर्ता नरहेका उत्पादकका Enoxaparin, Heparin, Meropenem जस्ता कैयौं औषधि आयात स्वीकृति दिई जनस्वास्थ्यमा खेलवाड गरेका थिए जबकी ती औषधिहरूका विभागबाट जिएमपी प्राप्त र दर्ता रहेका आधिकारिक दर्ता रहेका पैठारीकर्ता प्रशस्त थिए ।

गुणस्तर यकिन नहुने सो औषधिले बिरामीहरूको स्वास्थ्यमा असर भए वा मृत्यु भए जिम्मेवार कम्पनीलाई कारबाही गर्ने अवस्था पनि नहुने थियो ।

यती मात्र नभई काम गर्ने कर्मचारीहरूलाई मनोबल गिराउन अनावश्यक स्पस्टीकरण, गुटबन्दी गराउन, नियम, मापदण्डमा कडाइ गर्ने कर्मचारीलाई निजी समूहको ईच्छाअनुरुप अनावश्यक सरुवा दिई दुःख दिने गरेका थिए ।

एघारौं तह हुन अघि औषधि व्यवस्थापक पदमा हुँदा पनि उनको कार्य सम्पादन कम्जोर रहने गर्थ्यो ।

कार्यालय समयमा कार्यालयभित्र कहिले कहिँ मात्र उपस्थित देखिने उनी राष्ट्रिय औषधि प्रयोगशालामा निर्देशकको पदमा तोकिएका गत चार महिनामा एक दिन पनि हाजिर नभई बेपत्ता रहेका र अन्तमा दुई/तीन दिन हाजिर गरि पुनः विभागमा हाजिर हुन आएका हुन् ।

भट्टराई नियमअनुसार, कार्य सम्पादनअनुसार र नेतृत्वकारी भूमिका सबै अनुसार कम्जोर रहेका र विभागमा अदृश्य शक्तिहरूको अनावाश्यक प्रभाव गराउन र अस्थिरता सिर्जना गर्ने पत्र भएकाले नै विभागका कर्मचारीलेहरूले उनको नेतृत्व अस्विकार गरि सो निर्णय बदर गर्न एकजुट भई आन्दोलित भएका हुन् ।

साभार : रिपब्लिका दैनिक