काठमाडौं उपत्यकामा शुक्रबार रातिबाट जोरबिजोर प्रणाली

काठमाडौं उपत्यकामा शुक्रबार रातिबाट जोरबिजोर प्रणाली

काठमाडौं । कोरोना संक्रमितको संख्या बढेसँगै स्मार्ट लकडाउन गरिएको काठमाडौं उपत्यकामा शुक्रबारबाट यातायातका साधनमा जोरबिजोर प्रणाली लागु हुने भएको छ ।

बिहीबार सम्पन्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले शुक्रबार राति १२ बजेदेखि यतायातका साधनहरुमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

स्मार्ट लकडाउनको कार्यविधिअनुसार सार्वजनिक र निजी यातायातका साधनहरुमा जोरबिजोर प्रणााली लागू गरिएको हो ।