रोटरी कल्ब अफ बिरगंज मेट्रोपोलिसले विद्यार्थीहरुलाई न्यानो पोशाक बाँड्यो

रोटरी कल्ब अफ बिरगंज मेट्रोपोलिसले विद्यार्थीहरुलाई न्यानो पोशाक बाँड्...

रोटरी कल्ब अफ बिरगंज मेट्रोपोलिसले पर्सा जिल्लाको सुदुर गाउँ महादेवपट्टिको शिवशक्ती प्राथमिक विद्यालयका बिद्यार्थीहरुलाई न्यानो पोशाक बितरण गरेको छ। 

 

विद्यालयको भौतिक पुर्वाधार, शैक्षिक गुणस्तर , शैक्षिक बाताबरण , सोन्दर्यकरण लगायतका गतिविधिहरुमा बिगत १० बर्ष देखी सहयोग गर्दै आएको रोटरी कल्ब अफ बिरगंज मेट्रोपोलिसले हिजो एक कार्यक्रमका बीच उक्त पोशाक वितरण गरेको हो। 

साथै त्यहाँ रहेका बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण पनि यस कल्बका रोटेरियन डा. अशोक दास, डा. चन्दन बनर्जी, डा. निरज सिंह, डा. मनोज उपाद्यायद्वारा हुँदै आएको छ।

 हिजो कल्बका अध्यक्ष रोटेरियन दिपराज क्याल र सदस्य रोटरीयन नन्दन कुमार चौरसिया बिधालयमा पुगि बिद्यार्थीहरुलाइ ज्याकेट बितरण गर्नुभएको हो।